नयाँ वर्ष २०८२ को अवसरमा अमेरिकामा ‘नेपा–अमेरिका शुभकामना साँझ’ हुने

काठमाडौँ । गोर्खा ग्रुपएल.एल.सि. अमेरिकाले नेपाली नयाँ वर्ष २०८२ को सुखद उपलक्षमा अमेरिकाका विभिन्न सहरहरूमा ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना गर्न लागेको छ ।

अमेरिकामा रहेका नेपालीहरूलाई आफ्नो गाउँ घरको झझल्को दिलाउने, नेपाली कला र संस्कृतिको संरक्षण, सम्वर्द्धन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ गोर्खा ग्रुप एल.एल.सि. ले नेपाली नयाँवर्षको अवसर पारेर ‘नेपा–अमेरिका शुभकामना साँझ’ आयोजना गर्न लागेको जनाएको छ ।

उक्त शुभकामना साँझमा अमेरिकामा रहेका नेपालीहरूले नाचगान गर्दै नयाँवर्षको शुभकामना साटासाट गरेर रमाइलो गर्नेछन् ।

अमेरिकाका विभिन्न सहरहरूमा आयोजना गरिने शुभकामना साँझमा भाग लिन चाहने कलाकारहरूले गोर्खा ग्रुपको आधिकारिक इमेल [email protected]  वा Whats app  नम्बर +1 5128798835 मा 2024 October 03  देखि 2024 October 31 भित्र आवेदन पठाई सक्नुपर्ने कम्पनीले जनाएको छ । साथै थप जानकारीको लागि गोर्खा ग्रुप एल.एल.सि. का नेपाल प्रतिनिधि पदमबहादुर बुढालाई सम्पर्क गर्न सकिने छ ।

गोर्खा ग्रुप एल.एल.सि.ले कम्पनीमा उपलब्ध आवेदनहरूबाट, प्रत्यक्ष भेटघाट वा विभिन्न माध्यमहरूबाट भएको परामर्शका आधारमा आवश्यक पर्ने कलाकारहरूको छनौट गर्ने जनाएको छ ।

कम्पनीका अनुसार निजी खर्चमा अमेरिकामा आफ्नो प्रस्तुति दिई आफ्नो व्यावसायिक उचाइ बढाउन चाहने इच्छुक कलाकारहरूले पनि गोर्खा ग्रुप एल।एल।सि।मा आवेदन दिन सक्ने छन् । छनौटमा परेका कलाकारहरूले निश्चित कानुनी प्रक्रिया पुरा गरिसकेपछि कम्पनीले आफ्नो साङ्गीतिक समूहमा सामेल गराउने छ ।

गोर्खा ग्रुप एल.एल.सि. अमेरिकामा विभिन्न व्यवसाय गरिरहेको नाफामूलक कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *