प्रकाश खड्का सुदूरपश्चिम रोयल्सको सिइओमा नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिगको टोली सुदूरपश्चिम रोयल्सले प्रकाश खड्कालाई सिइओ नियुक्त गरेको छ । सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र खड्काबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

खड्का लामो समयदेखि क्रिकेट व्यवस्थापनमा सक्रिय रहेका छन् । उनले घरेलु क्रिकेटको धनगढी प्रिमियर लिगमा १० वर्ष निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए ।

उनको नेतृत्व र अनुभवले सुदूरपश्चिम रोयल्सलाई नयाँ उचाईमा पुर्याउने विश्वास लिइएको छ । सुदूरपश्चिम रोयल्स मंसिरमा आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोली हो ।

सुदूरपश्चिमको पहिचान बोकेर एनपिएलमा सुदूरपश्चिम टोलीको साथ दिन पाउँदा खुसी लागेको सिइओ खड्काले बताए । ‘सुदूरपश्चिम क्षेत्र क्रिकेटको उर्वर भूमि हो । हाम्रो क्षेत्रको प्रतिनिधित्व गरेको टोलीको हिस्सा बन्न पाउँदा गर्व महसुस भएको छ । अब मैदानभित्र टोलीलाई थप बलियो बनाउन हाम्रो प्रयास हुनेछ । मार्कीमा हाम्रै क्षेत्रका दीपेन्द्रसिंह ऐरी र प्रशिक्षक जगत टमाटा हुँदा थप बल पुगेको छ,’ उनले भने ।

मालिक शाहले सम्झौता पछि भने–‘प्रकाश खड्का जीसँग धनगढी प्रिमियर लिग (डिपिएल) व्यवस्थापनको अनुभव छ । उहाँको आगमनले हाम्रो टोलीको व्यवस्थापन थप चुस्त हुने विश्वास छ ।’

टोलीले बिहीवार ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो ।

सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमाटा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *