चलचित्रका मुख्य अंशहरू पाईरेसी गर्नु दण्डनीय अपराध हो, सजाय हुन्छ : बोर्ड

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा चलचित्र विकास बोर्डले नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा एक सूचना जारी गरेको छ ।

हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण गराउँदै चलचित्रको मुख्य अंशहरूको अनधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जाने उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ ‘अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।’

बोर्डले चलचित्रघर भित्र मोबाइल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्न र नगराउन भन्दै दण्ड, जरिवाना र क्षतिपूर्तिबाट बच्न सम्बन्धित सबैमा सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *