चितवनमा लामिछानेविरुद्ध सहकारी पीडितले देखाए ‘कालो झण्डा’

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई चितवनमा शुक्रवार ‘कालो झण्डा’ देखाइएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रमका लागि चितवनको इच्छाकामना गाउँपालिका मुग्लिन पुगेका लामिछानेलाई सहकारी पीडितहरुले ‘कालो झण्डा’ देखाएका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले मकालुखबरलाई बताए ।

सहकारी पीडितहरुले लामिछानेविरुद्ध नाराबाजी समेत गरेका थिए । कार्यक्रम सकेर लामिछाने फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर सहित नाराबाजी गरेका हुन् ।

शर्माका अनुसार सहकारी पीडितहरुले लामिछाने विरुद्ध ‘स्टन्टबाजी बन्द गर, सहकारीको पैसा फिर्ता गर,’सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *