वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु २० मा एरिकाले नेपालको प्रतिनिधित्व गर्ने

काठमाडौँ । वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छन् ।

एरिकालाई आज राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे । इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागिता रहनेछ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक दिलाइरहेकोले यो च्याम्पियनसिपबाट पनि पदकको आशा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताए ।

उनले एरिकाले दिएको सफलताको कारण अबको सबै अन्तर्राष्ट्रिय प्रतियोगिता र सबै अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय परिषद्ले व्यहोर्ने पनि सदस्य सचिव घिसिङले बताए ।

एरिकाले केही दिन अगाडि एकेएफ सिनियर च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन् । यसअघि उनले एसियाली खेलकुदमा पनि रजत पदक प्राप्त गरेकी थिइन् । अहिलेसम्म खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विहीन हुन नपरेकोले पनि उनीबाट यो पटक बढी अपेक्षा गरिएको छ ।

एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ र अफिसियल तारा गुरूङ र सन्तोष श्रेष्ठसहितको चार सदस्यीय नेपाली टोली भोलि इटली प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *