एनसेलकी खड्काले जितिन् ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएकी छिन् । उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएकी हुन् ।

यो अवार्ड उनले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरू र ती कार्यहरूको प्रभावको सम्मान भएको एनसेलले जनाएको छ । साथै यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौँदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरूमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरूको एक प्रमाण भएको जनाएको छ ।

‘यो हाम्रो टिम एनसेलले गरेको सामूहिक प्रयासको नतिजा हो र हामीले गरेका सामाजिक पहलहरूले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा धेरै खुसी छौं । एनसेल फाउन्डेसनको सुरुवातसँगै हामी सामाजिक पहलहरू मार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउन, सामाजिक–आर्थिक विकासमा योगदान पु¥याउन र दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि सरकारलाई सहयोग गर्ने हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिबद्ध छौं,’ खड्काले भनिन् ।

एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी १०० भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको छ ।

आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले सातवटै प्रदेशको समुदाय स्तरमा कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । एनसेलले विभिन्न सामाजिक पहलहरूमा रु २ अर्ब भन्दा बढीको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेको छ ।

वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेस म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *