दाउन्नेमा फेरि पहिरो, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । बिहान करिब ५ बजेदेखि पहिरोले गर्दा राजमार्गको यो खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

यस क्षेत्रको पुरानो ट्र्याकमा लगातार पहिरो झर्दै आएपछि यातायात पुनः अवरुद्ध भएको नवलपरासी पश्चिमकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्कीम श्रेष्ठले जानकारी दिए । उनकाअनुसार, पुरानो ट्र्याकमा पहिरो निरन्तर झर्ने क्रम नरोकिएपछि अर्को नयाँ ट्र्याक खोल्ने काममा जोड दिइएको छ ।

राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताइन् । ‘नयाँ ट्र्याक बनाउन काम अघि बढेको छ, तर यसका लागि केही समय लाग्नेछ,’ प्रजिअ श्रेष्ठलेले भनिन्, ‘यदि प्राविधिक समस्या आएन भने डेढदेखि दुई घण्टाभित्र राजमार्ग खुलाउने हाम्रो प्रयास हुनेछ ।’

पहिरोले गर्दा काठमाडौँबाट पश्चिमतिर गएका तथा पूर्वतिर आएका करिब ७ सय सवारी साधनहरू दाउन्नेमा रोकिएका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महाससंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाकाअनुसार गाडीहरू लामबद्ध भएर रोकिएका छन् । यस पहिरोले यात्रुहरूको यात्रा योजना प्रभावितमात्र होइन, स्थानीय व्यवसाय र आपूर्तिमा पनि असर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *