यस्तो डिजाइनमा बन्दैछ ‘हेर्ने कथा’का प्रकाशको घर

काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको डकुमेन्ट्री ‘हराएका वर्षहरू’का प्रमुख पात्र प्रकाश तामाङको घर निर्माण धमाधम भइरहेको छ । माओवादी सांसद सुदन किरातीको अगुवाइकमा उनका लागि ३ कोठे पक्की घर निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

उनी भाइरल हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भोजपुर प्रशासनले तामाङलाई नागरिकता प्रदान गरेको थियो । उनका लागि माओवादी केन्द्रका सांसद किराँतीले घर र जग्गाको व्यवस्था गर्ने घोषणा गरे । पूर्व गोर्खा सैनिक संघका अध्यक्ष कृष्णकुमार राईले १० रोपनी जग्गा प्रदान गरेपछि घर निर्माण सुरु भयो ।

तामाङको घर निर्माणको शिलान्यास भदौ २९ मा भयो, र अहिले तीन कोठे पक्की घर निर्माण अन्तिम चरणमा छ । घरमा टिनको छानो हाल्न लागिएको छ, र दशैँअघि संरचना तयार पारिने योजना छ ।

यसैबीच, एमाले नेता तथा पूर्वमुख्यमन्त्री शेरधन राईले पनि तामाङलाई सहयोग गर्ने घोषणा गर्दै असोज १३ मा पाँच रोपनी ३ आना जग्गा, एक हल गोरु, र एउटा ट्याक्टर प्रदान गरे । उनले तामाङलाई कृषिकर्ममार्फत जीविकोपार्जन गर्न सजिलो होस् भनेर यो सहयोग गरेको बताएका छन् ।

तामाङको लागि भएको यस सहयोगले माओवादी र एमालेबीच प्रतिस्पर्धा सुरु गरेको देखिन्छ, यद्यपि माओवादी सांसद किराँतीले यो प्रतिस्पर्धा नभएको बताउँदै आफूले अरू अघि नसरेको बेला नै तामाङको घर–जग्गाको व्यवस्था थालेको जनाए । तामाङको घर निर्माणको लागत झण्डै १६ लाख रुपैयाँ पुगेको छ, जसमा श्रमदानले केही सहयोग पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *