दसैँ लागेसँगै शक्तिपीठमा दर्शनार्थीको बढ्यो भीड (तस्बिरहरु)

दसैँ सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरूको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको हो ।

काठमाडौं उपत्यकाको भद्रकाली, नरदेवी, शोभा भगवती, पशुपति, दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीमा भक्तजनहरूको भीड रहेको छ ।

यस वर्ष असोज १७ गतेबाट घटस्थापनासँगै जमरा राखेर दसैँलाई स्वागत गरिएको छ । आज तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रवार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो व्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । र्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

तस्बिरहरु:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *