छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । हुम्ला, ताजाकोट गाउँपालिका–२ कर्णाली करिडोर अन्तर्गत पैमा खोलास्थित सडकमा लु.१ ज २३४३ नम्बरको बलेरो जिप सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार बाँके नेपालगंज उपमहानगरपालिका–२० राँझा बस्ने ४९ वर्षीया बिष्णु परियार र हुम्ला चंखेली गाउँपालिका–६ पुमा बस्ने कल बहादुर बुढाको छोरा ५ वर्षीय अविषेक बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, सम्मरीमाई गाउँपालिका–१ मुडिलास्थित सडकमा मुडिलाबाट हडबडहवातर्फ जाँदै गरेको लु.३१ प ९९४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–१ हडबडहवा बस्ने २० वर्षीय सैलेश यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका–७ ज्यामिरे चोकस्थित सडकमा लु.१ ख ८४५३ नम्बरको माइक्रोबसले लु.७९ प ९१४० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही तिलोत्तमा नगरपालिका–६ दश नम्बर टोल बस्ने ३२ वर्षीय ऋिषि लम्तरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कञ्चनपुर, बेदकोट नगरपालिका–७ सुडाचोकस्थित सडकमा सु.प.प्र. ०१–००८ प ४०७७ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा स्कुटरमा सवार २३ वर्षीय भुवन भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *