स्थानीय तहको उपनिर्वाचनमा यी २५ दल सहभागि हुँदै

काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा २५ वटा दल सहभागि हुने भएका छन् । निर्वाचन आयोगमा स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएका हुन् ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मको समय दिएर दल दर्ता गर्न आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।

ती मध्ये कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन हुँदैछ ।

दर्ता गरिएका दलहरुको नामावली

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *