जनतालाई कम पीडाको अनुभूति हुने स्थिति बनाउन माओवादीको ध्यानाकर्षण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जनतालाई कम भन्दा कम पीडाको अनुभूति हुने स्थिति बनाउने गरी काम गर्न सरकाको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर माओवादी केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको हो । विपद् पीडितको उद्धार, राहत र पुनः स्थापनाको कामलाई तीव्रताका साथ अघि बढाउन पनि माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गराउने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीतिहरू बनाउँदा गम्भीर हुनुपर्ने बताए । उनले राज्यको सुशासनको कमी र पहुँचवाला जबरजस्तीका कारण पनि जोखिम बढ्दै गएको बताए ।

उनले भने ‘हाम्रोमा पनि र बाहिर पनि अहिलेको प्रकृति प्रकोप जस्तो देखिने तर शुद्ध प्राकृतिक प्रकोप नहुने । मानवीय पक्ष पनि त्यसमा मिश्रित भएर जोखिम बढ्ने र त्यसले क्षति पनि बढाउने भइरहेको स्थिति छ । विकास नीतिहरू हामीले बनाउँदा यसले पैदा गरेको अवस्थाको बारेमा गम्भीर बन्नुपर्छ । हाम्रो देश जोखिमयुक्त हो भन्नेकुरा थाहा पाउँदा पाउँदै त्यसलाई ध्यान दिएर विकास नीतिहरू बनाउनु पर्छ । त्यो कमजोरीका कारण क्षति बढाएको छ । नागरिकको कुरा के छ भने राज्यले सुशासनको पक्षमा जस्तो नदी किनारमा केही संरचना बनाइदिएको छ, खानीहरू जथाभाबी छ, राज्यको सुशासनको कमी र पहुँचवालाको कारण यो जोखिम थपिएको छ । जनतालाई कम भन्दा कम पीडाको अनुभूति हुने स्थिति बनाउन जरुरी छ । सबै एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ ।’

उनले सबै एकताबद्ध भएर संकटको सामना गर्नुपर्न बताए । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याका रूपमा साझा समाधान निकाल्नुपर्ने बताए । उनले उद्धार राहत, पुनः स्थापना र पुनः निर्माणका लागि सबै मिल्नुको विकल्प नरहेको बताए ।

उनले भने ‘प्राकृतिक विपत्तिको परिस्थितिमा हामी सबै मिलेर साझा समस्याका रूपमा लिएर साझा समस्याबाट समाधान गर्नुपर्छ । उद्धार राहत, पुनः स्थापना र पुनः निर्माणका लागि हामी सबै लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिलाई एकजुट भएर पन्छाउन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *