कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई  ध्यानाकर्षण पत्र बुझाएको छ । विपद्को समयमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिँदै आइतबार कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

                      यो पनि, प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

‘भारी वर्षाका कारण जनधनको ठूलो क्षतिले सिंगो देश मर्माहत छ । तीनै तहको सरकार, राजनीतिक दलहरू, निजी क्षेत्र, सामाजिक संघ-संस्थाहरू समेत संयोजन गरी विपदमा सम्पूर्ण एकताको नेपाली संस्कारु प्रदर्शित गर्दै उद्धार,राहत, पुनस्थापना र पुनर्निर्माणको दायित्व व्यवस्थित रूपले सम्पादन गर्न अत्यावश्यक छ,कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीलाई बुझाएको सुझाव तथा ध्यानाकर्षण पत्रमा भनिएको छ,यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियान व्यवस्थित र प्रभावकारी बनाउन सम्माननीय प्रधानमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गर्दछौँ।’

कांग्रेसले सरकारलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्णपाठ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *