सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन् ।

आइतबार अपराह्न सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन् ।

बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्केका हुन् । उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए ।

मन्त्री भण्डारीले भने ‘तरकारी बजारको अहिले हामी अनुगमनको क्रममा छौं । सम्बन्धित अधिकारीहरू हुनुहुन्छ । उहाँहरुले हेर्नुहुन्छ । उहाँहरूसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरूले कति प्राईसमा विक्री वितरण गरेका छन् ? अभाव छ, छैन ? यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ ।’

यसैबीच उपभोक्ताहरूले पनि तरकारी तथा फलफूलको मूल्य दशौँ गुणा बढाएको भन्दै व्यापारीमाथि कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *