मध्य गाजामा इजरायली हमला : २४ जनाको मृत्यु

काठमाडौं । इजरायलले आईतवार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ९३ जना घाइते भएका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायली सेनाले अल–अक्सा शहीद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा शहीद मस्जिदमा बमबारी गरेको छ । मस्जिद र स्कुलका सयौं व्यक्तिहरू विस्थापित भएका छन् ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आईतवार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको रूपमा काम गरेको कम्पाउण्ड भित्र रहेको कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर भित्र सञ्चालित हमास लडाकुहरूमाथि सटीक हमला गरेको बताएको छ ।

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ८२५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *