एनपिएल

यी हुन् १५ लाखमा विक्री हुने १२ क्रिकेटर, तीन जनाको मूल्य घट्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कुल १२ क्रिकेटर अधिकतम मूल्यमा विक्री भएका छन् ।

‘ए’ क्याटगोरीमा रहेका कुल २७ क्रिकेटरमध्ये युवा अलराउण्डर गुलसनकुमार झा, अनिल साह, प्रतिश जिसी र ललित राजवंशीसहित कुल १२ जना अक्सनमा अधिकतम मूल्यमा विक्री भएका हुन् ।

यो क्याटगोरीबाट ‘ए’ क्याटगोरीमा रहेका बलर हेमन्त धामी, ब्याटर अर्जुन साउद, अलराउण्डर सुनम गौतम अधिकतम मूल्यमा विक्री हुन सकेनन् ।

उनीहरू दोस्रो चरणमा अधिकतम मूल्यभन्दा कममा विक्री भए । विकेटकिपर साउद लुम्बनी लायन्स, सुनम पोखरा एभेन्जर्स र हेमन्त जनकपुर बोल्ट्समा पाँच लाख रुपैयाँमा विक्री भएका हुन् । त्यस्तै अधिकतम मूल्यमा फास्ट बलर प्रततिश जिसीलाई विराटनगर, स्पिनर ललित राजंवशीलाई जनकपुर बोल्ट्स, स्पिनर साहब आलमलाई काठमाडौं गोर्खाज र ब्याटर भीम सार्की काठमाडौं गोर्खाजमा विक्री भए ।

त्यस्तै स्पिनर सूर्य तामाङलाई लुम्बिनी लायन्स, अलराउण्डर विवेक यादवलाई लुम्बिनी लायन्स, आक्रामक ब्याटर सन्दीप जोरालाई लुम्बिनी लायन्स, स्पिनर सागर ढकाललाई पोखरा एभेन्जर्स, मध्य क्रमका ब्याटर आरिफ सेखलाई सुदूरपश्चिम रोयल्सले अधिकतम मूल्यमा किनेको हो । आईतवार काठमाडौंमा भएको अक्सनमा ‘ए’ क्याटगोरीमा कुल २७ क्रिकेटर समावेश थिए ।

जहाँ ‘ए’ क्याटगोरीका क्रिकेटरका लागि न्युनतम १० लाख र अधिकतम १५ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । पछिल्ला समय उत्कृष्ट लयमा रहेका गुलसनमाथि बोली लगाउन अक्सनमा समावेश आठ फ्रेन्चाइजमध्ये सात टोली प्रतिक्षामा देखिए ।

लुम्बिनी लायन्सबाहेक सबै टोलीले उनीमाथि अधिकतम १५ लाख बोली लगाए । यसअघि नै लुम्बिनीले ‘ए’ क्याटगोरीका तीन क्रिकेटर किनेकाले गुलसनमाथि बोली लगाउन पाएन । अन्ततः सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले उनलाई लक्की ड्रमार्पmत प्राप्त ग¥यो । गुल्सनसँगै ‘बी’ क्याटगोरीका रूपेश सिंह र ‘ए’ बिस्फोटक ब्याटर लोकश बममाथि पनि समान सात फ्रेन्चाइजले बोली लगायो ।

युवा विकेटकिपर तथा ब्याटर लोकेश अधिकतम १५ लाख रुपैयाँमा लक्की ड्रबाट विराटनगर किङ्सले पायो । रूपेशमाथि पनि अधिकतम १० लाख रुपैयाँको बोली लाग्यो । उनलाई लक्की ड्रबाट जनकपुर बोल्ट्सले पाएको हो ।

राष्ट्रिय टोलीकै सदस्य अनिलकुमार साह भने सात फ्रेन्चाइज टोलीको रोजाइमा परे । उनीमाथि लुम्बिनी लायन्सबाहेक अन्य टोली अधिकतम बोली लगायो । तर जनकपुर बोल्ट्सले उनलाई लक्की ड्रबाट पायो । सबैभन्दा रोचक पहिलो चरणको अक्सनमा ब्याटर आकाश त्रिपाठी न्युनतम पाँच लाखमा विक्री हुन सकेका थिएनन् ।

तर दोस्रो चरणमा भने उनीमाथि जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजले अधिकतम १० लाख मूल्य लगायो । त्यससँगै उनलाई लक्की ड्रमार्पmत जनकपुरले पायो । यससँगै ‘ए’ क्याटगोरीका सबै क्रिकेटर विक्री भए । अक्सनमा सबैभन्दा बढी लुम्बिनी लायन्सले ८४.७५ लाख खर्च ग¥यो भने सबैभन्दा कम चितवन राइनोजले ६३ लाख खर्च गरेको थियो ।

एउटा फ्रेन्चाइजले अधिकतम ९० लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो । सबै फ्रेन्चाइज टोलीले ‘ए’ क्याटगोरीबाट समान तीन जना, ‘बी’ चार र ‘सी’ बाट तीन क्रिकेटर अनिवार्य किन्नुपर्ने नियम रहेको थियो । यी तीनै क्याटगोरीमा गरेर कुल १३६ खेलाडी अक्शनमा समावेश थिए ।

सबै टोलीमा मार्कीसहित ११ खेलाडी छन् । विराटनगरको मार्की स्पिनर सन्दीप लामिछाने, चितवन राइनोजका मार्की कुशल मल्ल, जनकपुर बोल्ट्स आसिफ शेख, कर्णाली याक्स सोमपाल कामी, काठमाडौं गोर्खाजका करण केसी, लुम्बिनी लायन्सका रोहितकुमार पौडेल, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी हुन् ।

एनपिएल नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *