सेवाग्राहीलाई प्रसूति तथा स्त्रीरोग अस्पतालले भन्यो- दशैं तिहार बिदामा पनि उपचार हुन्छ

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरूको उपचार सेवा सुचारु हुने जनाएको छ ।

सोमवार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् ।

दसैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए ।

अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा गर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपिडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए ।

उनले भने ‘हामी पहिले नै प्रिपिएर भएर बस्छौँ ड्युटीमा रहेका कुनैपनि डाक्टरले बिदा नलिने भनेर । त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ । उहाँहरुले आफ्नो ग्रुपमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने । यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौं । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौं । बच्चा कम चल्यो । मानौँ, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरूलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने उहाँहरुले बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाइरेक्टर आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ । तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन् ।’

दसैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेक अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताए ।

उनले भने ‘दशैंको ३ दिन, स्पेसली फूलपाती, अष्टमी र दशमी । यसपालि नवमी भएन । ३ दिन हामीले सार्वजनिक बिदा नै गरेका छौं । यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ । र कुनैपनि बिरामीहरूले अस्पताल बिदा छ भनेर कुनै समस्या परेर अस्पताल बन्द छ भनेर घर बस्नुपर्ने अवस्था हुँदैन । किनभने उहाँहरूलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेका उहाँहरू तुरुन्तै इमर्जेन्सीमा आएर त्यहाँ २४ घण्टा नै डाक्टरहरू हुनुहुन्छ । यस अस्पतालमा एमडी गरेका कम्तीमा ६ देखि ८ जना एमडी गरेका डाक्टरहरू बस्नुहुन्छ । त्यसले गर्दा उहाँहरूलाई अरु बेलामा जस्तै हामीले ओपिडीमा जस्तै सर्भिस दिनसक्छौं । अर्को कुरा के छ भने यो अस्पतालमा बिदाको दिनमा पनि सार्वजनिक बिदाको दिनमा दशैंको ३ दिन र तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन बाहेक अन्य दिनमा नेपाल सरकारले गरेको बिदाहरूमा पनि हामीले आधा दिन बिरामीहरूलाई कहिले काहीँ २, ३ दिनसम्म लगातार बिदा पर्ने, शनिवार पनि बिदा पर्ने हुनाले गर्भवती महिलाहरूलाई, सेवाग्राहीहरुलाई मर्का पर्ने भएर यस अस्पतालले पहिले देखि नै एउटा निर्णय गरेर हस्पिटल चाँही आधा दिन चलाउने भनेको भनेको १—२ बजेसम्म चलाउने । जसले गर्दाखेरि हामीले सेवाग्राहीहरूको इमर्जेन्सीमा भिड पनि कम भयो । र, ओपिडीमा आउने बिरामीहरू फर्केर जान पनि परेन । यसले गर्दाखेरि यहाँको सेवाग्राहीहरू चाहिँ अलि सन्तुष्ट देखेका छौं । किनभने उहाँहरूलाई एउटा सेवा पनि राम्रो भयो । र, अर्को चाहिँ इमर्जेन्सीमा जुन बिरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपिडीका बिरामी जम्मा भइदिने बित्तिकै उक्त बिरामीले वा इमर्जेन्सीका बिरामीले सेवा ढिलो पाउन सक्छ । लाइन बस्नुपर्ने हुन सक्छ । यसलाई सहजीकरण भएको छ । ’

अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा। अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *