प्रेस विज्ञप्ति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पच्चिस लाख सहयोग गरेका छ ।

प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष शिक्षा भट्टचन र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार पच्चिस लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बाढीपहिरो र डुबानका कारण मुलुकका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिमा रहेका नागरिकहरूको राहत र उद्धारका लागि सरकारसँग हातेमालो गर्दै उक्त सहायता प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । चेक हस्तान्तरण कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक वीरेन्द्र जंग पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेको उपस्थिति रहेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले यस अघि पनि नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ९, चोपाटार घर भई हाल ललितपुर महानगरपालिका वडा नं. २५ अस्थायी बसोबास गर्ने ३७ वर्षीय चनिकलाल तामाङलाई रियल हिरोको संज्ञा दिँदै सम्मान गरिसकेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सामाजिक उत्तरदायित्वमा अगाडि रहँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *