बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

महोत्तरी । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका–८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई दुई लाख राह प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर रु दुई लाख प्रदान गरेको हो । यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *