प्रेस विज्ञप्ति

महालक्ष्मी बैंक बन्यो पहिलो Visa 3D Secured Card प्रदान गर्ने विकास बैंक

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एन.पी.आर कार्डहरू मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ ।

नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैङ्कहरू मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।

यस सुविधा थप गरे सँगै ग्राहकहरूले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुनेछ जसले गर्दा ग्राहकहरूको आफ्नो कार्डको विवरण अनधिकृत रूपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएको छ ।

साथै प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रिया अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (OTP) प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरूलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरू उपलब्ध गराउने नीतिको सफल कार्यान्वयन हुने विश्वास समेत बैंकले लिएको छ ।

३डी सुविधा थप गर्दा मुख्यतया निम्न फाइदाहरू हुने बैंकले जनाएको छ ।

  • यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरू अनलाइन मार्फत हुने ठगीबाट बच्न सक्नेछन् ।
  • ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पहुँचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।
  • रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।
  • विश्वभर रहेका हजारौँ इ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरूले जुनसुकै ठाउँबाट तथा जुनसुकै समयमा पनि किनमेल गर्न सक्नेछन् ।

थप जानकारी तथा सहायता आवश्यकता परेमा ग्राहक सहायता कक्ष तथा बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *