एडीबीले भारतलाई दिएको चार करोड डलर ऋण स्वीकृत
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ ।
एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयीकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ ।
तटीय चट्टानहरू,समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो ।
बैङ्कले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
यस परियोजनामार्फत् लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिहरूमा क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ ।