नेकपा एस विभाजन उन्मुख, रोक्न माधवलाई ज्ञापन पत्र

काठमाडौँ । पार्टी नेतृत्वले एकतर्फी निर्णय गरेको भन्दै नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

अध्यक्ष माधव नेपालले एकलौटी निर्णय गरेर नजिकलाई अवसर दिन थालेपछि नेकपा एसको अर्को समूह विरोधमा उत्रिएको हो ।

अध्यक्ष नेपालको गतिविधि उचित नभएको भन्दै असन्तुष्ट नेताहरूले पार्टी नै विभाजन गर्ने चेतावनी दिन थालेका छन् ।

पार्टीमा विद्रोहको राँको बढ्न थालेपछि नेकपा एसका केही नेताहरूले पार्टी जोगाउन माग गर्दै अध्यक्ष नेपाललाई ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले पार्टीको आन्तरिक एकता जोगाइ राख्न भन्दै दुई बुँदे ज्ञापन बुझाएका हुन् ।

नेकपा एसका नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेललगायत नेताले अध्यक्ष नेपाललाई भेटेरै ज्ञापन पत्र बुझाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *