भीम रावललाई चेतावनी– अध्यक्षसँग बार्ता गर्नु, कार्यकर्तामा भ्रम नछर्नु

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावल र पार्टी नेतृत्वबिच फेरी किचलो सुरु भएको छ ।

एमालेले नेता रावललाई पार्टीमा भ्रम नफैलाउन चेतावनी दिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण प्रसाद जैशीले रावललाई भ्रम नफैलाउन चेतावनी दिएका हुन् ।

नेता रावलमाथि पार्टीमा आन्तरिक अन्तर्विरोध चर्काउने गबिबिधि गरेको एमालेको आरोप छ । अध्यक्ष जैसीले सोमबार विज्ञप्ति जारी गर्दै रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गतिविधि गरिरहेको जनाएका छन् ।

एमालेले नेता रावलको ढिपीका कारण समस्या भएको बताएको छ । पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने एमालेले बताएको छ ।

एमाले सुदूरपश्चिमले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी र पार्टीका कार्यकर्ता, शुभेच्छुकको बिचमा भ्रम नछर्न चेतावनी दिएको हो ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले केही समयअघि दिएको अभिव्यक्तिमा रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत खण्डन गरेका थिए । रावलको खण्डनमा एमालेका नेताहरूले आपत्ति जनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *