क्यानडा एचपीसँगको अभ्यास खेल नेपालले जित्यो

काठमाडौं । नेपालले क्यानडाको दोस्रो रोजाइको टोली हाइप्रोफोमेन्स (एचपी)संगको तेस्रो अभ्यास खेल जितेको छ । तीन खेलको अभ्यास खेल नेपालले २-१ ले जितेको हो ।

नेपालले क्यानडाको दोस्रो रोजाइको टोलीलाई १० रनले हराउँदै अभ्यास खेल जितेको हो । नेपालको जीतका लागि तीव्र गतिका बलर करण केसीको पाँच विकेट लिँदा कुशल भुर्तेलले अर्धशतक हानेका थिए ।

१८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।

नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।

आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *