देशभर कहाँ कहाँ छन् सडक अवरुद्ध (सूचीसहित)
मकालु खबर
२०८१ असोज २२ गते
काठमाडौं । गत असोज ११ र १२ गते वर्षासंगै आएको बाढी पहिरोका कारण अझैं पनि देशका विभिन्न ठाउँमा सडक अवरुद्ध छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार उपत्यकाको ललितपुर सहित कोशी बागमती र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध छन् ।
अझै ८ जिल्लाका १२ राजमार्ग अवरुद्ध रहेका छन् । मंगलबार विहानसम्म मकवानपुरको भीमफेदी गाउँपालिका ८ स्थित कान्तिलोक पथ पूर्ण रुपमा अवरुद्ध भएको छ । चारसयवेशी स्थित विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोका कारण तेह्रथुम,पाँचथर,काभ्रेपलाञ्चोक,रामेछाप,धादिङ,बझाङ जिल्लाका विभिन्न राजमार्गहरु अवरुद्ध रहेका छन् ।
मुख्य राजमार्ग अवरोधको सूची
मकालु खबर
२०८१ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित