उपत्यकामा पुनः मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । काठमाडौं उपत्यकामा आजबाट पुनः मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलवार काठमाडौंको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट काठमाडौं उपत्यकामा पानी पथान्तरण गरेका हुन् ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखाबाट वितरण सुरु भएको छ । स्थानीयहरूसँगको वार्तापछि मन्त्री यादवले पानी अब अर्को वर्षा तको समयसम्मै वितरण हुने र स्थानीयका मागहरू दसैँपछि बोलाएर सम्बोधन गरिने बताए ।

गत वर्षको बर्सातसँगै मेलम्ची खानेपानीको मुहानमा हुने क्षतिलाई मध्यनजर गरी पानी पथान्तरण रोकिएको थियो । यस वर्ष दसैँको अगाडि नै पानी पथान्त्रण सुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *