भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौं । दक्षिणी भारतीय शहर चेन्नईमा भारतीय वायुसेना शोमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।
आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । नयाँ दिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडीटीभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रमको दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।
भीडले समुन्द्र तटको वरिपरि ग्रिडलक निम्त्याएको बताइएको छ । सागै दर्शकहरूलाई घटनास्थलमा पुग्न लामो दूरी हिँड्नुपरेको थियो । प्रदर्शनपछि सार्वजनिक सवारीसाधन लिन वा आफ्नो सवारीसाधन उठाउन जामले भरिएको सडकमा मानिसहरूले ३ देखि ४ किलोमिटर हिँड्नुपरेको बताइएको छ ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित