भारत र माल्दिभ्सबीच विभिन्न समझदारी पत्रमा हस्ताक्षर
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौं । भारत र माल्दिभ्सले नयाँ दिल्लीमा आयोजित एक समारोहबीच विभिन्न क्षेत्रमा विभिन्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भ्रमणमा रहेका मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको उपस्थितिमा सो सम्झौताहरुमा हस्ताक्षर भएको हो ।
राष्ट्रपति मुइज्जु पाँच दिने राजकीय भ्रमणमा आइतवार भारत पुगेका थिए । एमओयूमा मुद्रा आदानप्रदान, प्रहरी, भ्रष्टाचार रोकथाम, न्यायिक तालिम, खेलकुद तथा युवा मामिलालगायतका क्षेत्रहरू समेटिएका छन् ।
सो अवसरमा दुवै पक्षले ‘वृहत आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’का लागि भिजन दस्तावेज पनि पारित गरेका थिए । राष्ट्रपतिको हैसियतमा मुइज्जुको यो पहिलो भारत भ्रमण हो ।
उनले मोदीसँग आपसी हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गरेको बताइएको छ ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित