घट्यो सुनको मुल्य
मकालु खबर
२०८१ असोज २३ गते
काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ । मंगलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।
मंगलबार प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ रहेको सुनको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १ हजार ९ सय रुपैयाँ पुगेको छ ।
मकालु खबर
२०८१ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित