चङ्गा देखियो, वर्षा गयो (तस्बिरहरू)

काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै काठमाडौँमा चङ्गा देखिन थालेको छ।

काठमाडौँमा वर्षाका देवता इन्द्रलाई पानी पुग्यो अब नबर्साउनु भन्ने सन्देश दिन चङ्गा उडाउने चलन बसेको भनिन्छ । यता आकाशमा रंगीबिरंगी चङ्गा उड्न थाले पछि दशैंको माहौल सुरु भएको पनि भनिन्छ ।

अहिले काठमाडौँ उपत्यकाका गल्ली चोक देखि व्यापारी क्षेत्रमा चंगाको व्यापार बढेको छ, पसलेलाई ग्राहकको माग पूरा गर्न हम्मेहम्मे परेको छ । अहिले कागजबाट बनेको चंगाभन्दा भारतबाट आएको रंगीविरंगी प्लास्टिकका चंंगाले स्थान ओगटेको छ । नेपालमै बनाइने चङ्गा महँगो भएकोले भारतीय बजारबाट ल्याइएको प्लास्टिकको चंगाप्रति उपभोक्ताको रोजाइ परेको बिक्रेताहरूले बताएका छन् ।

काठमाडौँ उपत्यकाको चङ्गा व्यापार भइरहेको स्थानमा पुगी तयार परेको फोटो फिचर सामग्री :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *