चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक ५ गतेदेखि

काठमाडौं । चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताका कात्तिक ५ गतेदेखि हुने भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा कात्तिक ५ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो ।

कमिटीले बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागका सदस्य राजीव श्रेष्ठ, नेपाल टेनिस संघकी सचिव मालिका राणा र गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सन्जीव श्रेष्ठलगायत उपस्थित थिए ।

गणेशमान सिंह फाउण्डेसनका सदस्य तथा प्रतियोगिताका संयोजक भास्करमान सिंहले प्रतियोगिता आयोजनमा काम गर्ने टेनिस संघलगायत विभिन्न प्रतिनिधिलाई जिम्मेवारी प्रदान गरिएको थियो । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सिनियर महिला र पुरुषमा १२ स्पर्धा तथा जुनियरमा ६ स्पर्धामा प्रतिष्पर्धा हुनेछन् ।

सिनियरतर्फ पुरुष र महिला दुवैको सिंगल्स तथा डबल्स हुनेछन् । महिला र पुरूष सिंगल्स विजेता दुवैले एक लाख, उपविजेता ५० लाख र तेस्रो हुने खेलाडीले २५ हजार रूपैयां तथा दुवैको डबल्समा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ प्राप्त गर्नेछ ।

पुरूष ३५ वर्षमाथि सिंगल्स र डबल्स, पुरूष ४५ वर्षमाथि सिंगल्स र डबल्स, पूरुष ५५ वर्षमाथि सिंगल्स र डबल्स, पुरुष ६५ वर्षमाथि सिगंल्स र डबल्समा प्रतिष्पर्धा हुनेछन् । ३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार ५ सय रूपैयाँ पाउनेछन् । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय पाउनेछन् ।

४५ वर्षमाथि सिंगल्स विजेताले ३७ हजार पाँच सय, उपविजेताले १८ हजार ७ सय ५० र तेस्रोले ६ हजार २ सय ५० रूपैया तथा यसै विधामा डबल्स विजेताले २५ हजार, १२ हजार पांच सय र तेस्रो हुनेले १२ हजार पाँच सय रूपैयां पुरस्कार पाउनेछन् । त्यस्तै जुनियरतर्फ यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ सिंगल्स र खुला डबल्स विधामा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *