भारतको रिपो दर ६.५ प्रतिशतमा यथावत

काठमाडौं । भारतको केन्द्रिय बैंकले रिपो दरलाई ६.५ प्रतिशतमा यथावत राखेको घोषणा गरेको छ । रिपो दर भनेको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो ।

६ सदस्यीय मौद्रिक नीति समितिले ब्याजदर यथावत राख्ने निर्णय गरेको यो लगातार १० औं पटक हो । समितिले वर्तमान र विकसित वृहत आर्थिक अवस्थाको मूल्याङ्कन गरी नीतिगत रिपो दरलाई ६.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *