तराईको ताइचिनले बिस्थापित हुँदै भक्तपुरे ताइचिन चिउरा

काठमाडौं । अन्य समयको तुलनामा प्रायः दशैँताका चिउराको महत्व बढी हुन्छ । दशैँमा चिउरा कुटेर खाने नेपालीहरुको परम्परा नै बनिसकेको छ । चिउरा र मासु हरेक नेपालीहरुले दशैँमा खाने गर्दछन् ।

त्यसैले पनि अन्य समयको तुलनामा दशैँमा चिउराको महत्व बढी हुन्छ । काठमाडौं उपत्यकामा त अझ ताइचिनको चिउराको महत्व बढी छ । भक्तपरले ताइचिन धानको चिउरा दशैँमा धेरै नै माग हुन्थ्यो ।

तर पछिल्लो समय ताइचिन धानको अभावका कारण बिस्तारै माग कम भएको गुनासो भक्तपुरका व्यवसायीहरुले गरेका छन् । भक्तपुरका चिउरा व्यवसायी कृष्णप्रसाद बागजूले आफूले चिउरा मिल २०४६ सालदेखि सञ्चालन गर्दै आएको र स्थापना कालदेखि नै चिउरा उत्पादन गरिरहेको बताए ।

तराईको चिउराले भक्तपुरको ताइचिन चिउरा बिस्थापित हुँदै गएको उनको गुनासो छ । बजारमा पनि माग कम भएको गुनासो गरे ।

उनले विगतको तुलनामा हुनुपर्ने जति खपत अहिले नभएको बताए । दशैँमा ताइचिन चिउराको माग बढी हुने गरेको भएपनि यस वर्ष खासै माग नआएको बताए ।

उनअनुसार ताइचिन चिउराको खपत कम हुनुमा पार्टी प्यालेसहरुमा भोज खुवाउने प्रचलन पनि एउटा कारण रहेको छ । ताइचिन धानको उत्पादनमा कमी र उपलब्धता नहुँदा भक्तपुरको ताइचिन चिउरा बिस्तारै हराउँदै गएको बताए ।

ताइचिन धान काठमाडौं उपत्यकाबाहेक भक्तपुर, नाला, पनौति, धुलिखेलबाट ल्याइने गरेको बताए । जग्गा जमिन मासिँदै आएकाले र घरजग्गा पनि धेरै बन्दै गएकाले खेतीयोग्य जमिन कम हुनु ताइचिन चिउराको मागमा कमी आउनुको अर्को कारण रहेको बतए ।

ताइचिन धान भन्दा बढी चाइनिज धान उत्पादन बढी हुने गरेकाले ताइचिन धान रोप्न किसानले छोडेको बताए । प्लानिङ र ट्रनेल खेतीले ताइचिन धानको उत्पादन कम भएको उनको गुनासो छ ।

बाहिरी चिउराको कारण ताइचिन धानको चिउरामा कम माग आएको र यसको प्रत्यक्ष असर भक्तपुरका ताइचिन चिउरा व्यवसायीलाई परेको बताए ।

भक्तपुरको ताइचिन चिउराको उत्पादन, लागत र मूल्यको हिसावमा पनि पहिला र अहिले धेरै भिन्नता आएको उनले सुनाए । बागजूकाअनुसार पहिला सहज रुपमा धान पाउने भएकाले मूल्य कम पर्ने गरेको भएपनि अहिले धान पाउन मुस्किल बन्दै जाँदा चिउरा पनि बढी महंगो हुने गरेको बताए ।

उनले भक्तपुरको ताइचिन चिउरालाई निरन्तरता दिन र मौलिकता बचाउन ताइचिन धानको उत्पादन बढाउनुपर्ने बताए । ताइचिन धानको उत्पादन जति बढ्यो, चिउरा त्यति नै ताइचिन चिउराको उत्पादन बढ्छ ।

बागजूकाअनुसार ताइचिन धानको चिउराले विशेष अर्थ पनि राख्छ । पहिला ताइचिन धानलाई तातोपानीमा राखेर ओखलमा कुटेर चिउरा बनाइन्थ्यो । त्यसरी कुटेको चिउराले पेट दुख्दैन भन्ने मान्यता थियो ।

अहिले त्यस्तो दुःख गर्नु पर्दैन । ताइचिन धानलाई सिधै पानीमा राखेर चिउरा बनाउन सकिन्छ । जाडोमा ४ दिनसम्म र गर्मीमा बढीमा तीन दिन नत्र दुई दिनसम्म भिजाएर चिउरा बनाउन सकिने बागजू बताउँछन् ।

कराईमा भुट्न पनि पहिला मान्छेकै आवश्यक पर्ने भएपनि अहिले मेसिनले भुट्ने गरेको उनले बताए । प्राविधिक हिसावमा सजिलो भएको उनको भनाइ छ ।

बागजूकाअनुसार आफूले चाडबाडमा बढी चिउरा बेच्ने गरेको तर अन्य बेला प्राय बन्द हुने अवस्था रहेको छ । खपत कम भएकाले सोहीअनुसार माग आएमात्रै मिल चलाएर चिउरा कुट्ने गरेको बताए । उनले ग्राहकहरुको सुविधा, इच्छा बमोजिम उहाँहरुको मागलाई पु¥याइरहेको बताए ।

ताइचिन चिउराको माग घटेका कारण चाडबाड आउँदा मात्रै चिउरा कुट्ने गरेको बताए । बागजूले पहिला चाडबाड आउँदा मात्रै नभइ वर्ष दिन नै चल्ने मिल अहिले चाडवाडमा मात्रै सिमित हुने गरेको बताए ।

उनले चिउरा अहिले चाडबाडमा मात्रै सिमित हुनु दुःखद् रहेको बताए । उनले पार्टी प्यालेसहरुको डिनर खुवाउने प्रचलनले पनि ताइचिन चिउराको मागमा असर गरेको बताए ।

ताइचिन चिउराको माग बढाउनका लागि हाम्रो मौलिक भोज भतेर खुवाउने प्रचलनलाई कायम गर्नससक्नुपर्ने उनको सुझाव छ ।

भक्तपुरकै अर्का चिउरा व्यवसायी कृष्ण घरुको कुरा पनि बागजूको जस्तै छ । आफूले पितोको पालादेखि चिउरा मिल चलाएको र अहिले व्यवसायमा कमी आएको बताए ।

मागमा कमी आउनुमा पहिलो कारण ताइचिन धानको कमी रहेको बताए । उनले उत्पादन गर्ने ठाउँहरुमा घरहरु बन्दै जाँदा धान कम उत्पादन हुने र तराईको ताइचिन चिउराले स्थानीय ताइचिन चिउरालाई बिस्थापन गरेको बताए ।

अहिले भक्तपुरे ताइचिन चिउरा १७० मा प्रतिकेजी बेचिरहेको बताए । तराईको चिउरा सयमै पाउने भएकाले पनि माग कम भएको बताए । चिउरा व्यवसाय निरन्तर गर्नको लागि धानको उत्पादन र उपलब्ध बढी हुन आवश्यक रहेको बताए ।

भक्तपुर चानपा ७ का चिउरा व्यवसायी सीताराम काफ्ले भने बजारलाई चिउराको माग नै पूरा गर्न नसकिरहेको बताउनु हुन्छ । २०६९ साउनबाट चिउरा व्यवसाय सञ्चालन गर्नुभएका उहाँले उद्योगबाट दैनिक ५ सय केजीका दरले उत्पादन गरिरहेको बताए ।

आफूले काठमाडौं, भक्तपुर र स्थानीयमै सिमित बजार हुँदा पनि राम्रो विक्री गरिरहेको बताए । चिउरा बनाउने धान पनौति, पाँचखाल, स्थानीय, चाँखु लगायतका स्थानबाट ल्याउने गरेको बताउनु भयो । आफूले उत्पादन गरेको चिउरा स्टकमा राख्नु नपरेको बताए ।

उनले कुनैपनि साल दशैँमा आफूले मागअनुसार चिउरा पु¥याउन नसकेको बताए । गत वर्षको तुलनामा यस वर्ष १० रुपैयाँ मूल्य बढेको भएपनि दशैँको अवसरमा आफूले पोहोरकै मूल्यमा विक्री गरिरहेको बताए ।

उनले गत वर्ष ताइचिन चिउराको मूल्य १६० रहेको बताए । पछिल्लो एक हप्तामा एक हजार केजी चिउरा त स्थानीयहरुले नै किनेर लगेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *