माधव नेपालकी पत्नी घर भित्रै चिप्लिइन्, देब्रे हात फ्याक्चर

काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी पत्नी गायत्री नेपाल लडेर घाइते भएकी छन् ।

नेपाल आज बिहान आफ्नै घरको भान्सामा लडेकी थिइन् ।

भान्सामा काम गरिरहेको बेला भुईँमा पोखिएको दूधमा चिप्लिएर उनी घाइते भएकी हुन् ।

उनको देब्रे हात भुईँमा ठोक्किएर फ्याक्चर भएको छ । उनको बीएण्डबी अस्पताल ग्वार्को लगिएको थियो ।

उनको स्वास्थ्य अहिले सामान्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *