काठमाडौं उपत्यकामा दशैंको दिन नेपाल प्रहरीको निःशुल्क बस सेवा,यस्तो छ रुट

काठमाडौं । नेपाल प्रहरीले बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गरेको छ । प्रहरीले दशैंको अवसरमा नागरिकहरुको सहज आवातजावतका लागि आज (दशैंको टीकाको दिन) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधाका लागि हिजो शुक्रवारदेखी आजसम्म (दुई दिन) नेपाल प्रहरीले दुई वटा बस निःशुल्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं उपत्यकाभित्र रुट नम्बर एकवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै रुट नम्बर २ वाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *