चेन्नईका ब्याटिङ प्रशिक्षक पोखरा एभेन्जर्सको हेड कोचमा नियुक्त

काठमाडौं । भारतका राजीव कुमार पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिगको आगामी सिजनको लागि पोखरा एभेन्जर्सले कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

कुमार आईपीएलमा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गर्छन् । राजीव चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् ।

एनपीएल १५ म सिरबाट ६ पुससम्म हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *