प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले दशैंको टीका ग्रहण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई बुवा मोहन प्रसाद ओलीले टिका लगाइदिए ।

प्रधानमन्त्री ओलीले भने परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका लगाउने छैनन् ।

प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति गरेको अवस्थामा टीकाको कार्यक्रम नराखेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *