कोशीका मुख्यमन्त्रीले लगाए ९० वर्षीया आमाको हातबाट टीका

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा .जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गरेका छन् ।

टीकाको शुभसाइतमा उजले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाएका हुन् ।

आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीका एक छोरा तथा दुई छोरी छ्न ।

मुख्यमन्त्री कार्कीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन आग्रह गरेका छन् ।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *