तडकभड्क नगरी दशैं मनाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दशैंलगायतका चाडपर्वहरु तडकभड्क नगरी मनाउन आग्रह गरेकी छन् ।

पूर्व राष्ट्रपति भण्डारीले दशैंलगायतकाचाडपर्वहरुलाई परम्परागत संस्कृतिको रुपमा मान्नुपर्ने र यसको संरक्षण गर्नुपर्ने भएपनि यसलाईतडकभडकपूर्ण ढंगले मनाउन नहुने धारणा राखेकी हुन् ।

उनले बाढी, पहिरो र डुबानले देशमा ठूलो धनजनको क्षतिभएको बेला दशै आएपनि शोकाकुल परिवारजनमा खुशी छाउन नसकेको बताइन् । उनले दशैं जस्ता चाडपर्वलाई पनि समय अनुकूल मनाउनुपर्ने बताइन् ।

दशैं जस्ता चाडपर्वहरुलेनेपालीहरुमा आपसी सदभाव, प्रेमलाई अझ थप सुदृढ गर्ने उल्लेख गर्दै पूर्वराष्ट्रपतिभण्डारीले त्यसले सामाजिक सदभाव कामय गर्न, सबै नेपालीमा भावनात्मक एकता कायम गर्न पनि सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्– स्वदेश तथाविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई म बडा दशैं विजयादशमीको यस सन्दर्भमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । वडा दशैंनेपालीहरुको महान र साझा पर्व पनि हो । विभिन्न समूदायले आफ्नै आफनैतरिकाले यो वडा दशैं मनाई राखेको हुन्छ । यो हाम्रो मौलिक सांस्कृतिक पर्व हो ।यसको आर्थिक–सामाजिक र धार्मिक पनि केही महत्व छ । त्यसैले आफ्नो देशको एउटामौलिक संस्कृतिको हामीले जर्गेना गर्न, प्रवद्र्धन गर्न पनि यस्ता चाडबाडहरुलाई यसको जुनमहत्व छ त्यो अनुसार । र, कहिलेकाँही समयम अनुकूल मनाउनुपर्ने, केही सुधारगर्नुपर्ने कुराहरु हुन्छ । अहिलेको सन्दर्भमा भन्दाखेरी देशका यो अप्रत्याशित वर्षाकोकारणले गर्दा बाढी, पहिरो, डुबानले निकै ठूलो मानवीय क्षति हुन गयो ।आर्थिक क्षति पनि हुन गयो । त्यसैले दशैंको मुखमानै यो कुराहरु भएको हुनाले गर्दाधेरैलाई शोकमा पनि पारेको छ । क्षयमा पनि पारेको छ । त्यसैले मेरोतर्फबाट भन्नुपर्दाचाडबाडहरुको निरन्तरता हाम्रो परम्परागत संस्कृतिलाई हामीले मान्नु पर्छ । सम्वद्र्धन गर्नुपर्दछ । तर धेरै तडकभडक ढंगले मनाउनु हुँदैन भन्ने मलाई लाग्छ । र, म यही नै सबै दाजुभाई,दिदीबहिनीहरुलाई शुभकामना दिन चाहन्छु । यस्ता पर्वहरुले हाम्रो आपसी सदभाव, प्रेमलाईअझ थप सुदृढ गर्छ । चाडपर्वहरुको आफ्नै महत्व पनि छ । त्यसैले हाम्रो एउटा सामाजिकसदभाव कामय गर्नका लागि, भावनात्मक एकता कायम गर्न पनि यस्ता चाडबाडहरु महत्वका हुन्छन । मेरो सबै जनालाई धेरैधेरै शुभकामना छ ।

पूर्वराष्ट्रपति भण्डारीले दशैंजस्ता चाडपर्वले नेपालको मौलिक संस्कृतिको जर्गेमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *