सर्वसाधारणको राजाप्रतिको मोह (तस्बिरहरु) 

काठमाडौं । बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाइदिएका छन् ।

शाहको हातबाट टीका ग्रहण गर्न सर्वसाधारण माहाराजगञ्ज स्थित निर्मल निवास पुगेका थिए । अहिले पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका ग्रहण गर्नेको भीड नै लागेको छ ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *