चाडपर्व तडकभडक नगरि शान्तसँग मनाउनुस् : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गरेका छन् ।

दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उनले हालै प्राकृतिक विपद्का कारणले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो समयमा शान्त, संयम र सामान्यसँग पर्व मनाउन अनुरोध गरेका हुन् ।

“एकातिर प्राकृतिक विपद्को पीडा र अर्कोतर्फ सांस्कृतिक पर्वहरुको आगमन, भर्खरै हामीले बाढी र पहिरोमा दुई सयभन्दा बढी आफन्त गुमाएका छौँ । यस्तो समयमा चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ । शान्त, संयम र सामान्यसँग मनाऔँ”,उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *