जनकपुरमा रावण बध गरियो

महेन्द्रनगर । विजया दशमीको अवसरमा जनकपुरधाममा आज रावण बध गरिएको छ ।

भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए ।

भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरधाममा प्रत्येक वर्ष रावण बध मेला लाग्ने गर्छ ।

विजय दशमीको आज अन्तिम दिन साँझ रावण, मेघनाथ, कुम्भकर्णको प्रतीमा निर्माण गरी राम मन्दिरका महन्त बाबा राम गिरीले रावण बध गरे ।

जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतीमा निर्माण गरिएको थियो । महावीर युवा कमिटी जनकपुरधामको आयोजनामा पछिल्लो १५ वर्षदेखि रावण वध कार्यक्रम हुँदै आएको छ ।

रावण बध कार्यक्रममा मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, पूर्वनगरप्रमुख लालकिशोर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठ, राम युवा कमिटी अध्यक्ष सरोज साह, तरुण दल केन्द्रीय सदस्य सञ्जीव साहलगायत नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *