साफ वुमन्स च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौंमा

काठमाडौं । सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम नेपाल आइपुगेको छ । साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम गएराति काठमाडौं आइपुगेको हो ।

टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोलीले सहभागिता जनाउँदै छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १ देखि १४ गतेसम्म हुनेछन् । नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *