अवरूद्ध अरनिको राजमार्ग सञ्चालन

काठमाडौं । सुख्खा पहिरो खसेपछि अवरूद्ध बनेको अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रेका पूर्वी भाग जोड्ने उक्त राजमार्ग अवरूद्ध भएपछि यात्रुहरू समस्यामा परेका थिए।

सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएकोकाभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ स्थित पचास किलो भन्ने स्थानमा सुख्खा पहिरो खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *