श्रीलङ्कामा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका खेलाडीलाई नेपाल भलिवल एसोपसियसनका पदाधिकारीले खादा, टीका र जमरा लगाइदिएर स्वागत गगरेका हुन् ।

शनिबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । असोज २० गतेदेखि सुरू भएको प्रतियोगिता शनिबार सकिएको हो ।

श्रीलंका फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *