श्रीलङ्कामा क्यान्सरका कारण १९ हजार जनाको मृत्यु
मकालु खबर
२०८१ असोज २७ गते
काठमाडौं । गत वर्ष श्रीलङ्कामा ३३ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरू पत्ता लागेका श्रीलङ्का स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव पालिथा महिपालाले गत वर्ष पनि क्यान्सरका कारण श्रीलङ्कामा १९ हजार जनाको मृत्यु भएको बताए।
यहाँ पुरुषहरूमा मुखको क्यान्सर र महिलाहरूमा स्तन क्यान्सर सामान्य रहेका छन् ।
महिपालका अनुसार श्रीलङ्कामा क्यान्सरका कारण हुने मृत्युको प्रमुख कारण स्तन, मुख, फोक्सो र कोलोरेक्टल क्यान्सर हो ।
मकालु खबर
२०८१ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित