चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते
मकालु खबर
२०८१ असोज २७ गते
काठमाडौ । पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार दिउँसो भएको विषाक्त ग्यास चुहावट हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
ग्यास दिउँसो १ः३० बजे चुहावट भएको शौगुआङ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको ब्यूरोले जनाएको छ । साथै, दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
मकालु खबर
२०८१ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित