बाबरसहित ४ खेलाडी पाकिस्तानी टिमबाट आउट

काठमाडौँ । लामो समयदेखि खराब प्रदर्शन गरिरहेका पाकिस्तानी टिमका पूर्व कप्तान बाबर आजमसहित ४ खेलाडी टिमबाट आउट भएका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान बाबरसहित शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्ट टोलीबाट आउट गरेको हो ।

यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामलाई टोलीमा समावेश गरिएको छ । उनीहरूले पहिलो पटक टोलीमा स्थान पाएका हुन् । त्यस्तै, मोहमद अलि र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।

इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हार बेहोरेको थियो ।

पाकिस्तानको नयाँ टेस्ट टोली ः

शान मसूद (कप्तान), साउद शकील(उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अलि, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अलि, सैम अयुब, साजिद खान, सलमान अलि आगा र जाहिद महमूद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *