अमेरिकी राष्ट्रपति बाइडेन शुक्रबार देखि जर्मन भ्रमणमा जाने
मकालु खबर
२०८१ असोज २७ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को हप्ता देखि जर्मन भ्रमण गर्ने अपेक्षा गरेका छन् ।
उहाँ शुक्रबार एक दिने भ्रमणको लागि बर्लिन आउँनुहुने स्रोतले जनाएको छ ।
जर्मन सञ्चारमाध्यमका अनुसार बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्ज र राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरसँग भेट गर्नेछन् ।
बाइडेनको जर्मनको मूल भ्रमण अक्टोबर १० देखि १२ को बीचमा हुने थियो । अमेरिकाको फ्लोरिडामा आएको आँधी मिल्टनको निरीक्षण गर्न उनले उक्त भ्रमण रद्द गरेका थिए ।
अमेरिकामा आँधीले गर्दा करिब ५० अर्ब अमेरिकी डलरको क्षति भएको र कम्तिमा १६ जनाको ज्यान गएको अनुमान गरिएको छ ।
मकालु खबर
२०८१ असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित