तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । आज सोमबार दशैँको टीकाको तेस्रो दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।

घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म पुगेर टीका र आशीर्वाद लिने गर्दछन् ।

कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *